जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पाकिस्तानमा पनि मनाइदैँछ शिवरात्रि, ६२ भारतीय हिन्दु लाहौंर पुगे

काठमाडौँ – मुस्लिम राष्ट्र पाकिस्तानमा  महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहौंर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हाश्मीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिएका हुन । 

‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दु तीर्थयात्री लाहौंर आइपुगेका छन्,  ‘ईटीपीबीले लाहौंरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहौंरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’

प्रबत्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरुको सहभागिता रहनेछन । उनका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दुहरूलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गरेका थिए ।

पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दुहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ। यो मन्दिर पाकिस्तानको पञ्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ।

आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?