जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मधुमेह रोगीले कुन दाल खान हुन्छ, कुन खान हुँदैन ?

काठमाडौँ – खराब जीवनशैली र खानपानका कारण मधुमेह हुन्छ वा जोखिम छिटो बढ्छ । अहिले युवाहरुमा पनि यो रोग तीव्र गतिमा बढिरहेको छ ।

खराब खानपान र मोटोपन पनि मधुमेहको प्रमुख कारण भएको एक अध्ययनले देखाएको छ । एक पटक मधुमेहबाट पीडित व्यक्तिहरू यसबाट पूर्णतया छुटकारा पाउन धेरै कठिन हुन्छ । स्वास्थ्यविज्ञका अनुसार मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार खानपानमा अलिकति लापरवाही भए रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ । जसका कारण धेरै गम्भीर अवस्था आउन सक्छ । त्यसैले मधुमेह रोगीले खानपानमा विशेष ध्यान दिन जरुरी छ, जसमा दाल पनि कुन खाने र कुन नखाने भनेर थाहा पाउन जरुरी छ ।

मधुमेहमा कुन–कुन दाल फाइदाजनक

रगतमा चिनीको मात्रा बढ्नुले मधुमेह भएको संकेत गर्छ । एकपटक मधुमेह भएपछि यसको जराबाट निको पार्न असम्भव हुन्छ।

राम्ररी खानपान र व्यायाम गरेर मात्रै मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेहका बिरामीले अडहरको दाल खानु हुँदैन । साथै, दालमा घिउ हालेर पनि खानु हुँदैन।

दाल प्रोटिनको ठूलो स्रोत हो। हरेक दिन एक कचौरा दाल खानुपर्छ । मुग र चनाको दाल मधुमेहका बिरामीका लागि निकै फाइदाजनक हुन्छ ।

दाल खाँदा शरीरलाई फोलेट, जिंक, आइरन र आवश्यक भिटामिन पर्याप्त मात्रामा प्राप्त हुन्छ । शरीरलाई जति चाहिन्छ ।

मधुमेह बिरामीको तौल बढी छ भने तौल घटाउन सकेसम्म कम खाने कुरा खाने र नियमित कम्तीमा आधादेखि एक घण्टा हिड्नु पर्छ। अन्य मधुमेहका बिरामी पनि अनिवार्य रुपमा व्यायम र हिंडडुल गर्नु आवश्यक छ।

यसमा पनि शारिरीक श्रम गर्नेहरुले अन्य मधुमेहका रोगीको तुलनामा केही मात्रा थप गरी खान सक्छन्। श्रम नगर्नेहरुले भने सवै खानाहरुको कम मात्रा मिलाएर खान सकिन्छ।यसो गर्दा शरिरमा चिनीको मात्रा बढ्न पाउँदैन। बृद्ध उमेर भएका मधुमेहका बिरामीले पनि सवै थरिका खानाहरु कम मात्रामा खान सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?