जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

संसारको त्यस्तो मेला, जहाँ अर्काकी श्रीमती चोर्न पाइन्छ

काठमाडौँ– संसारमा कतिपय स्थानमा यस्ता अनौठा गतिविधि हुन्छन् की जुन कुरा सुन्दा पनि अचम्म लाग्छ । आज हामीले पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायकामा हुने गरेको एउटा अनौठो संस्कारको प्रसङ्ग ल्याएका छौं ।

बोदाब्बे आदिवासी समुदायमा प्रचलित उक्त संस्कारअनुसार पुरुषहरु एक अर्काका श्रीमतीहरुलाई चोरेर बिहे गर्दछन् । यसरी अर्काकी श्रीमती चोरेर बिहे गर्नु त्यो आदिवासी समुदायको पहिचान नै हो ।

संस्कारअनुसार, त्यो समुदायमा पुरुषहरुको पहिलो विवाह भने घरपरिवार सँगको राजीखुसी मै हुने गर्छ । त्यहाँ दोस्रो विहे गर्न पनि पाइन्छ तर त्यसका लागि पुरुषहरुले कुनै अरु पुरुषकी श्रीमतीलाई भगाउनु पर्छ ।

यसरी अर्काकी श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला नै लाग्छ । जसलाई गेरेबोल महोत्सव भनिन्छ । त्यो महोत्सवका समयमा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई अनेक प्रयत्न गरेर फकाउने कोसिस गर्दछन् ।

यसो गरिरहेको समयमा पुरुषहरु यो कुरा पक्का गर्न चाहन्छन् की अर्काकी श्रीमतीलाई फकाइरहेको बेलामा ती महिलाको लोग्नेले देख्न नपाओस् ।

अझ त्यसको सुइँको समेत नपाओस् । जब विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी हुन्छिन् तब पुरुष ती महिलालाई लिएर फरार हुन्छन् ।

अनि उनीहरु भोगिसकेपछि समुदायले नै खुसीयालीसाथ ती दुई जनाको बिहे गराइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?