जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ – नुवाकोटमा वृद्धको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका – ६ साल्मेटार बस्ने सुकु तामाङ रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार तामाङले सोही स्थानकी बखती टोलकी ७५ वर्षीय एकल  महिला नेत्रकुमारी घर्तीको हत्या गरेका हुन् ।  एक्लै बस्दै आएकी घर्ती गत बुधवार आफ्नै घेर छेउको बाख्राको खोरमा मृत भेटिएका थिइन ।

कानमा लगाएको बेरुवा सुन खोसिएको तथा घरको बाकसमा रहेको नगद तथा गरगहना समेत लुटिएको अवस्थामा शव फेला परेपछि प्रहरीले लुटपाटका लागि हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान अघि बढाएको थियो । 

पक्राउ परेका तामाङले १६ गते राती १० बजे नै वृद्धको हत्या गरेको र सामान लुटेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै अभियुक्तले बताए अनुसार नै  काठमाडौँ बुढानीलकण्ठ नगरपालिका स्थित च्यासिङटोलको जङ्गलबाट झाडी मुनि जमिनमा गाडेर राखेको अवस्थामा त्रियासी हजार नगद, १ जोडी बेरुवा सुन, पोते बिनाको सानो तिलहरी थान समेत प्रहरीले बरामद गरेको छ। 

लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका तामाङलाई  जिल्ला अदालत नुवाकोट बाट मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा शीर्षकमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?