जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केकी अधिकारी भन्छिन्– फरक सिनेमा निर्माणमा नेपाल तयार छ

काठमाडौँ– अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ को टिजर हालै रिलिज गरिएको छ । उक्त फिल्ममा केकीको शीर्ष भूमिका समेत छ ।

फरक विषय र मुद्दामा निर्माण गरिएको यो फिल्मको टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्मलाई लिएर केकी उत्साहित छिन् ।

अभिनय हुँदै फिल्म निर्माणमा समेत होमिएकी केकीले यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । हालै टिजर रिलिज भएको फिल्म ‘बोक्सीको घर’ पनि उनको होम प्रोडक्सनको फिल्म हो ।

यसैबीच केकीले सामाजिक सञ्जालमार्फत नेपाल पनि फरक शैलीका फिल्म निर्माण गर्न तयार भएको बताएकी छिन् ।

‘नेपाली चलचित्र क्षेत्रले लामो यात्रा तय गरेको छ, पछिल्लो दशकमा नयाँ शैलीका चलचित्रमा दर्शकको विश्वास बढ्दै गएको छ,’ उनी सामाजिक सञ्जाल फेसबूकमा लेख्छिन्, ‘त्यसैले लूट, छक्का पञ्जा, कबड्डी जस्ता चलचित्रले निकै प्रशंसा पाएका छन्, अब थप नयाँ जनराको फिल्म निर्माणमा पनि नेपाल तयार छ ।’

उनले फिल्म ‘बोक्सीको घर’ नयाँ शैलीको फिल्म भएको दाबी गर्दै उक्त फिल्म शूटिङका क्रमको एक तस्वीर समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

‘बोक्सीको घर’ मा केकीका अलावा सुफला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, जीवन बराल, सुरक्षण भारती लगायतका कलाकारको अभिनय रहेको छ ।

सुरक्षण भारतीले निर्देशन गरेको यो फिल्म आगामी बैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?