जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई बिदाई गरिँदै

काठमाडौँ – महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाई सुरु गरिएको छ ।

आज बिहान ११ बजेदेखि साधुसन्त बिदाईको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । उनका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गर्न लागिएको हो । उनले बाबाहरुलाई स्तरअनुसार रु एक हजारदेखि नौ हजारसम्म दिन लागिएको बताए।

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरुलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?