जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रंगमञ्च

रंगमञ्च क्रेजः कति लगानीमा निर्माण भइरहेका छन् नाटक?

काठमाडौं– एउटा यस्तो समय थियो, जतिबेला नाटक पनि टिकट काटेर हेरिन्छ र ? भनेर प्रश्न सोध्ने गरिन्थ्यो ।

पछिल्लो समय भने नाटक हेर्ने दर्शकको उपस्थिति बाक्लिँदै गएको छ । काठमाडौंमा मात्र नभएर काठमाडौँबाहिरका नाटक घरमा पनि दर्शकको उपस्थिति बाक्लो छ । नाट्यकर्मीले अहिले नाटकमा अभिनय गरेर पनि आफ्नो जीवन धान्न सक्ने अवस्थाको सिर्जना भएको छ

टिकट काटेर हेर्नुपर्ने नाटक कति लगानीमा निर्माण हुन्छ भन्नेमा कतिपयको चासोको विषय छ ।

हामीले एउटा नाटकको लेखन, रिहर्सल र मञ्चनसम्म आइपुग्दा कति लगानी लाग्छ भनेर नाट्यकर्मी, निर्देशक तथा वरिष्ठ कलाकार आशान्त शर्मालाई सोधेका थियौँ ।

जोय नेपालको प्रश्नमा आशान्त शर्मा भन्छन्, ‘एउटा नाटक तयार भएर मञ्चन भइसक्दा १५ देखि २० लाख रुपैयाँसम्म लगानी हुन्छ ।’

उनका अनुसार अनुवाद गरेका नाटकको हकमा भने स्क्रिप्टमा केही सहज हुने र लगानी घट्ने भए पनि एउटा नाटक निर्माण गरिसक्दा झण्डै २० लाखको हाराहारीमा खर्च भइरहेको हुन्छ ।

कुनै नाटक छोटो समयका लागि मञ्चन भइरहेका हुन्छन् भने कुनै नाटक लामो समयसम्म थिएटरमा मञ्चन हुन्छन् ।

आशान्त शर्माका अनुसार पछिल्लो पुस्ता नाटकतर्फ आकर्षित पनि भइरहेका छन् । अहिले टिकट काटेर नाटक हेर्ने प्रवृत्तिको विकास भएको छ ।

‘नाटक हेर्न दर्शक आउन थाल्नुभएको छ, हुन त नाटकले पनि दर्शक पाएकै हो, अहिले भने नाटकमा अभिनय गरेरै कलाकार पालिन सक्ने अवस्था सिर्जना भएको छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?