ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व, सर्वश्रेष्ठ फिल्मसहित ७ विधामा जित्यो अवार्ड

काठमाडौँ – यो वर्षको ओस्कार अवार्डमा बायोपिक फिल्म ‘ओपेनहाइमर’ ले वर्चस्व कायम गरेको छ। 

आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो जीवनीमा आधारित यो फिल्मले ‘सर्वश्रेष्ठ फिल्म’ सहित ७ विधामा अवार्ड जितेको हो । 

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायाङ्कन, बेस्ट स्कोरसहितका विधामा जित दर्ता गरेको छ । 

अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा घोषणा गरिएको ९६ औँ ओस्कार अवार्डमा ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।

यो फिल्मले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जित्दा फिल्म ‘पुअर थिङ्स’ले चार विधामा ओस्कार जितेको छ। 

पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्री बनिन्। बार्बीको गीत ‘व्हाट वाज आई मेड फररु’ का लागि बिली इलिस र फिनिस ओकोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार पाएका छन्।

 यस्तै किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरे।

डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन्। ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ। ‘अमेरिकन फिक्सन’ले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?