जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वकपका लागि यू–१९ नेपाली टिम दक्षिण अफ्रिका जाँदै

काठमाडौं – यू–१९ क्रिकेट विश्वकप खेल्न नेपाली टोली दक्षिण अफ्रिका जाँदै छ । नेपाल यू–१९ टोली आज साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ ।

टोलीलाई नेपाली क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले विदाइ गरेको हो। दक्षिण अफ्रिकामा नेपालले एक साता प्रशिक्षण गर्नेछ। एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ।

यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको नेपालले सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?