जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जब रेखा र अमिताभको ‘रोमान्टिक सिन’ देखेर जया रुन थालिन् …..

काठमाडौँ – सन् १९७० को दशकमा रेखा र अमिताभ बच्चनको रोमान्स बारे अफवाह फैलिएको थियो । यस विषयमा अमिताभ चुप रहेपनि रेखा भने धेरै अन्तरवार्ताहरूमा यसबारे बोलेकी छिन् ।

यही क्रममा उनले फिल्म ‘मुकद्दर का सिंकदर’मा अमिताभसँगको आफ्नो रोमान्टिक सिनमा अमिताभकी श्रीमती जया बच्चन रुँदै गरेको देखेको दावी गरेकी थिइन् । 

सन् १९७८ मा प्रदर्शनमा आएको यो फिल्ममा उनीहरुबीच रोमान्टिक सिन छ । यसबारे स्टारडस्ट म्यागेजिनलाई अन्तरवार्ता दिँदै रेखाले बच्चन परिवारलाई प्रोजेक्सन रुममा फिल्म हेर्दै रुँदै गरेको देखेको बताएकी थिइन । 

उनले भनेकी थिइन –‘जब बच्चन परिवार यो फिल्मको प्रिमियर शो हेर्न आएका थिए, जया अघिको लाइनमा बसेकी थिइन्,अमिताभ उनका बुवाआमासाथमा पछाडिको लाइनमा थिए ।’

अभिताभले स्पष्टसँग देख्न नसके पनि आफूले नजिकबाट नोटिस गरेको भन्दै उनी थप्छिन् –‘हाम्रो रोमान्टिक सीनले त्यति वेला जयाको आँखामा आशु आएको थियो ।’ 

अन्तरवार्ताका क्रममा पुराना दिन सम्झिँदै रेखाले यही प्रिमियरपछि अभिताभले अब रेखासँग काम गर्दिन भनेको अरूबाट सुनेको बताइन् । फेरि जया र रेखाबीच मतभेद सुरु भएको अफवाह समेत फैलिएको थियो ।

तर रेखाले जयासँग कुनै किसिमको मतभेद रहेको अस्वीकार गरेकी थिइन । जया जत्तिको परिपक्व महिला अरु कोही नदेखेको भन्दै प्रशंसा गरेकी रेखाले उनले पनि त्यही सोचेको विश्वासमा रहेको बताइन । 

अमिताभ स्टारर ‘मुकद्दर का सिंकदर’ सन् १९७८ की ज्यादा कमाई गर्ने भारतीय फिल्म थियो । यो उक्त दशकमै ‘शोले’ र ‘बाँबी’ पछि तेश्रो कमाई गर्ने भारतीय फिल्म बनेको थियो । 

दक्षिण भारतीय फिल्मबाट करियर शुरु गरेर बलिउडमा कदम राखेकी रेखाले पनि बलिउडमा कयौँ सुपरहिट फिल्म दिएकी छिन् ।

भनिन्छ जब अभिताभसंग उनको प्रेम थियो त्यतिबेला बलिउडका दिग्गज कलाकार तथा आफ्नी साथी नितु सिंहको बिहेमा सिन्दूर र मङ्गलसूत्र लगाएर गएकी थिइन् ।

त्यसबेला अमिताभ र रेखाको बिहे भएको हल्ला समेत चलेको थियो । यद्यपि पछि आफू फिल्म सुटिङकै सेटबाट बिहेमा गएको र सिन्दूर तथा मङ्गलसूत्र आफूले भूमिका निभाएको पात्रका लागि भएको प्रस्टीकरण रेखाले दिएका थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?