जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ओस्कार

ओस्कार अवार्ड: रेड कार्पेटमा यस्तो देखियो सेलिब्रेटीको क्याटवाक (फोटो फिचर)

काठमाडौँ– यस वर्षको ९६ औँ ओस्कार अवार्डमा फिल्म ‘ओपनहाइमर’ ले सर्वाधिक सात विधामा अवार्ड हात पारेको छ ।

अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अवार्ड समारोहको आयोजना गरिएको थियो ।

‘ओपनहाइमर’ ले बेस्ट पिक्चर अवार्डका साथै यही फिल्मबाट निर्देशक क्रिस्टोफर नोलेनले बेस्ट डाइरेक्टरको अवार्ड समेत जिते । यस्तै किलियन मर्फेले बेस्ट एक्टरको उपाधि दिइयो भने रोबर्ट डाउनर जुनियरले बेस्ट सपोर्टिङ एक्टरको उपाधि चुमे ।

आणविक बमको आविष्कार गर्ने भौतिकशास्त्री रोबर्ट जे ओपनहाइमरको जीवनीमा आधारित ‘ओपनहाइमर’ ले बेस्ट इडिटिङ, ओरिजनल स्कोर र सिनेमाटोग्राफी विधामा पनि अवार्ड जित्यो ।

अवार्ड समारोहमा हलिउडका चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो । तस्वीरमा हेर्नुहोस् अवार्ड समारोहको झलकः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?