जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

बागलुङ– ताराखोला गाउँपालिकाका महिला सामूहिक रूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् ।

अघिल्लो वर्ष एक महिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिक रूपमा ढाका उत्पादनमा लागेका हुन् ।

गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन। उद्योग सात जना महिलाले सञ्चालन गरेको उनको भनाइ छ ।

उद्योगबाट ढाकाका विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताइन।

ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उनले बताइन ।

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताइन।

प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रदर्शन समेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उनको भनाइ छ ।

एक महिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलो चौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले सुनाइन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?