जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जब नवाजुद्दीनलाई खाना खाने ठाउँबाट कठालो समातेर बाहिर निकालियो….

काठमाडौँ – कडा सङ्घर्षबाट बलिउडमा स्थापित एक नाम हो – नवाजुद्दीन सिद्दीकी । सानो भूमिका लागि समेत निकै चक्कर लगाएका उनी अहिले बलिउडका उत्कृष्ट अभिनेताहरूमा गनिन्छन् । 

बलिउड सिनेमाका  ‘हिट मेसिन’का रूपमा चिनिनने उनले जीवनमा धेरै हण्डर खाएका छन् । उनको जिन्दगीमा एक पटक यस्तो समय समेत आयो उनले आफू बस्ने फ्ल्याटको भाडा समेत तिर्न सकेनन् ।

यही कारण बिहान बेलुका खाना पकाउने सर्तमा ओत पाएका उनले सन् २००२ देखि २००५ सम्मको समय निकै मुस्किलले कटाए । 

यही सिलसिलामा एक पटक उनलाई खाना खाने ठाउँबाट कठालो समातेर निकालिएको थियो । एक अन्तर्वाताका क्रममा यो घटना स्वयम नवाजुद्दीनले खुलासा गरेका हुन् ।

उनका अनुसार त्यति वेला यस्ता धेरै प्रोडक्सन हाउसहरु थिए जसमा कलाकारले खाना खाने आफ्नै नियम थिए । जुन नियमअनुसार ठूला र चलेका कलाकार र साना तथा सङ्घर्षरतहरूले खाना खाने ठाउँ फरक हुन्थ्यो । जहाँ कयौँ पटक उनी ठूला कलाकारले खाना खाने ठाउँमा पुग्थे ।

यसै क्रममा एक पटक उनलाई ठूला कलाकार भएको ठाउँमा आएको भन्दै कठालोमा समातेर बाहिर निकालियो ।

नवाजुद्दीन सम्झिन्छन् – ‘तर मेरा लागि यो नौलो घटना थिएन,त्यसअघि पनि सयौँ हण्डर खाएको मैले त्यसअघि अर्को फिल्ममा पनि यस्तो भोगी सकेको थिए,जसले मेरो पारिश्रमिक समेत दिएको थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?