जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘उपहार’को खाडीमा भेटौंला गीत सार्वजनिक

काठमाडौँ – देशभरका सिनेमा हलहरुमा भव्य प्रदर्शन भइरहेको रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को ‘खाडीमा भेटौंला’ बोलको गीत सार्वजनिक भएको छ। प्रदर्शनरत फिल्मको गीत मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडिओमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्तलाई देख्न सकिन्छ। मोहन नेपालीको स्वर रहेको गीतमा शब्द प्रमोद ढुंगानाको छ भने संगीत अर्जुन पोखरेलको छ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायत कलाकारको पनि अभिनय छ। अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?