जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गाई वा भैंसी कुन दूध स्वास्थ्यका लागि उपयुक्त ?

काठमाडौँ- गाई र भैंसी दुवैको दूध मानव स्वास्थ्यका लागि महत्वपूर्ण पोषणको स्रोत मानिन्छ। तर कुन दूध बढी पोसिलो हुन्छ भन्ने प्रश्न सधैं उठ्ने गरेको छ।

दुवै दूधमा प्रोटिन, भिटामिन, खनिज र आवश्यक बोसो पाइन्छ तर यसको मात्रा र गुणस्तरमा केही फरक हुन्छ। त्यसैले कुन दूध कुन व्यक्तिका लागि उपयुक्त हुन्छ भन्ने कुरा उमेर, स्वास्थ्य अवस्था र शरीरको आवश्यकतामा भर पर्छ।

सबैभन्दा पहिले बोसोको कुरा गर्ने हो भने, भैंसीको दूधमा गाईको दूधको भन्दा धेरै बोसो हुन्छ। भैंसीको दूध बाक्लो र फ्याटयुक्त हुन्छ जसले गर्दा यसबाट दही, घ्यू र पनीर बनाउन धेरै फाइदा हुन्छ। तर उच्च बोसो भएको कारणले तौल नियन्त्रण गर्न चाहने वा पाचनमा समस्या हुनेलाई भैंसीको दूध उपयुक्त नहुन सक्छ। गाईको दूध भने कम बोसोयुक्त हुने भएकाले यसलाई सजिलै पचाउन सकिन्छ र बच्चादेखि वृद्धसम्म सबैलाई उपयुक्त हुन्छ।

प्रोटिनतर्फ हेर्दा भैंसीको दूधमा गाईको भन्दा बढी प्रोटिन पाइन्छ। प्रोटिन शरीरका मांसपेशी र कोशिकाको विकासका लागि महत्त्वपूर्ण हुन्छ। तर भैंसीको दूधमा क्यासिन नामक प्रोटिनको मात्रा बढी हुने भएकाले यसलाई पचाउन अलि समय लाग्छ। गाईको दूधमा प्रोटिनको मात्रा केही कम भए पनि सजिलो पाचन हुने खालको हुन्छ।

क्याल्सियम र मिनरल्सको हिसाबले दुवै दूध उपयोगी हुन्छन्। भैंसीको दूधमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम बढी हुन्छ। यसले हड्डी मजबुत बनाउन मद्दत गर्छ। गाईको दूधमा पनि पर्याप्त क्याल्सियम हुन्छ तर भिटामिन बि१२ ,भिटामिन डी र एन्टिअक्सिडेन्ट तत्वहरूमा गाईको दूध समृद्ध मानिन्छ।

ऊर्जाको हिसाबले हेर्दा भैंसीको दूधमा क्यालोरी बढी हुन्छ। त्यसैले शारीरिक श्रम बढी गर्ने वा तौल बढाउन चाहने व्यक्तिका लागि यो फाइदाजनक हुन्छ। गाईको दूध कम क्यालोरीयुक्त हुने भएकाले हल्का आहार चाहने, मोटोपन नियन्त्रण गर्न चाहने वा पाचन समस्या भएका मानिसलाई उपयुक्त हुन्छ।

फ्याट

मानिसको स्वास्थ्यका लागि फ्याटको जति महत्व हुन्छ, यसको बढी प्रयोगले त्यत्तिकै हानी पनि पु¥याउँछ । भैंसीको दूधको तुलनामा गाईको दूधमा फ्याटको मात्रा कम हुन्छ ।

गाईको दूधमा ३ देखि ४ प्रतिशतसम्म फ्याट हुन्छ भने भैंसीको दूधमा ७ देखि ८ प्रतिशतसम्म फ्याट हुन्छ ।

पानीको मात्रा

तपाईं दैनिक पानी कम पिउनुहुन्छ र, आफूले खाने÷पिउने अन्य चिजबाट शरीरमा पानीको आपूर्ति होस् भन्ने चाहनुहुन्छ भने गाईंको दूध पिउँदा राम्रो हुन्छ । गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ ।

प्रोटिन

हाम्रो शरीरका लागि नभइ नहुने तत्वमा पर्छ प्रोटिन । गाईको दूधको तुलनामा भैंसीको दूधमा १० देखि ११ प्रशित बढी प्रोटिन पाइन्छ । यद्यपि नवजात शिशू र बृद्धबृद्धालाई भैंसीको दूध खुवाउँदा बढी प्रोटिनले केही असर पनि पु¥याउन सक्छ ।

कोलेस्ट्रोल

अहिलेका लागि दीर्घ रोगको कारणमध्ये कोलेस्ट्रोल पनि एक हो । कोलेस्ट्रोलले रगतलाई बाक्लो बनाउँछ । जसका कारण मिर्गौला, मोटोपना, मुटुसम्बन्धी रोगबाट पीडित भइन्छ । गाई र भैंसीको दूधमा पनि कोलेस्ट्रोलको मात्रा अलग–अलग हुन्छ ।

गाईको दूधको तुलनामा भैंसीको दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

क्यालोरी

भैंसीको दूधमा प्राटिन र फ्याटको मात्रा बढी हुन्छ, यसको अर्थ यसमा क्यालोरी पनि बढी हुन्छ । एक अध्ययनका अनुसार २५० एमएल (मिलिलिटर) भैंसीको दूधमा २७३ क्यालोरिज हुन्छ भने गाईको दूधमा १४८ क्यालोरिज हुन्छ ।

अरु पनि जानकारी

यदि तपाईंलाई राति सुत्दा लामो समयसम्म निद्रा नलाग्ने समस्या छ भने एक गिलास भैंसीको दूध पिउनुहोस्, यसले तपाईंलाई निद्रा लाग्न मद्दत पुग्ने छ ।

पनिर, खोया, दहि, खीर, ध्यू आदी परिकार बनाउनका लागि भैंसीको दूध राम्रो हुन्छ । गाईको दूधमा चिल्लोपना कम हुने भएकाले मिठाइ बनाउनका लागि राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?