जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ । आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

अघिल्लो तिनदिन सम्म सुनको भाउ हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?