जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एडिडासको कान्ये वेस्टसँगको सम्झौता रद्ध, ७५ मिलियन यूरो घाटा

काठमाडौँ – सन् २०२३ को नतिजा एडिडासका लागि निराशाजनक रहेको छ । सन् २०२२ को अन्त्यमा कान्ये वेस्टसँगको सम्झौता रद्द गर्नु कम्पनीको लागि ठूलो घाटा थियो। कम्पनीले २०२३ मा ७५ मिलियन यूरो (लगभग $ 82 मिलियन) घाटा सामना गरेको बताएको छ। यसअघि कम्पनीले ६१२ मिलियन युरो नाफा कमाएको थियो । कम्पनीले घाटा बेहोरेको यो पहिलो पटक हो ।

खेलकुद पोशाक उत्पादन गर्ने कम्पनी एडिडासले सन् २०२३ मा ठूलो घाटा बेहोरेको छ । अमेरिकी र्‍यापर कान्ये वेस्टसँगको सम्झौता खारेज गरेपछि कम्पनीले ठूलो नोक्सानी बेहोरेको बुधबार जनाएको छ । यद्यपी कम्पनीले घाटा पूर्ति गर्ने काम तीव्र गतिमा भइरहेको पनि जनाएको छ ।

सन् २०२२ मा, कान्ये वेस्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेमिटिक विरोधी पोस्ट साझा गरेपछि जर्मन कम्पनी एडिडासले कान्ये वेस्टसँगको आफ्नो सम्झौता खारेज गर्‍यो।

एडिडास र कान्ये वेस्टले मिलेर Yeezy ट्रेनर जुत्ताहरूको ब्लकबस्टर लाइन सिर्जना गरे। यो सम्झौताको अन्त्यसँगै, कम्पनीले यी जुत्ताहरूको ठूलो स्टक बेच्न नसकेपछि ठूलो धक्का लागेको छ।

एडिडासले सन् २०२३ मा ७५ मिलियन युरो (लगभग ८२ मिलियन डलर) नोक्सानी बेहोरेको जनाएको छ । धेरै वर्षयता कम्पनी घाटामा परेको यो पहिलो पटक हो । यसअघि कम्पनीले ६१२ मिलियन युरो नाफा कमाएको थियो ।

कम्पनीको भावी योजना
एडिडासले कान्ये वेस्टसँगको सम्झौता समाप्त भएपछि शीर्ष नेतृत्वमा पनि परिवर्तन गरेको छ। प्रतिद्वन्द्वी प्यूमाका ब्योर्न गुल्डेन सीईओमा नियुक्त भएका छन्। नतिजा राम्रो नआए पनि व्यवसाय रुपान्तरण गर्न समय लाग्ने उनले बताए ।

उनले थप भने कि २०२३ को नतिजा पहिले डराए जस्तो खराब थिएन। आगामी दुई वर्षमा कम्पनीको व्यवसाय पूर्णरुपमा ट्रयाकमा फर्किने विश्वास लिएका छौं ।

कम्पनीको राजस्व ५ प्रतिशतले २१.४ बिलियन यूरोमा झरेको छ। Yeezy जुत्ताको बिक्री बन्द हुँदा सबैभन्दा बढी नोक्सान अमेरिकाले बेहोरेको छ । तर, कम्पनीले बिस्तारै Yeezy जुत्ताको बिक्री सुरु गरिरहेको छ ।

कम्पनीले महँगो मूल्यमा Yeezy जुत्ता बिक्री गर्नेछ। यसबाट करिब २५० मिलियन युरो आम्दानी हुने अनुमान गरिएको छ । कम्पनीको बिक्री बढेको चीनबाट पनि राहतको खबर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?