जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वालकलाकारका रूपमा बलिउडमा आएका थिए अमिर, आज मनाउँदै छन् ५९ औँ जन्मदिन

काठमाडौँ – बलिउडका चर्चित नायकहरूबीच मिस्टर परफेक्शनिष्टका परिचय बनाएका नायक हुन्– अमिर खान।

उनी अभिनयका लागि उदाहरणीय कलाकारका रूपमा चिनिन्छन् । उनी वर्षमा एउटा मात्रै फिल्म गर्छन् र त्यसैलाई उत्कृष्ट बनाउने होडमा लागिरहन्छन्।  आजबाट ५९ औँ वसन्तमा टेक्दै गरेका अमिर शुरुमा चकलेटी हिरोको रूपमा परिचित थिए। 

फिल्मी पृष्ठभूमिबाट आएका उनका बुबा ताहिर हुसैन फिल्म निर्माता थिए । यही कारण उनलाई बाल्यकालबाटै फिल्ममा रुचि थियो । उनी ८ वर्षकै उमेरमा सन् १९७३ को ‘यादोँ की बारात’ बाट फिल्ममा डेब्यु गरेका थिए ।

यसपछि सन् १९८८ मा प्रदर्शनमा आएको ‘कयामत से कयामत तक’ मा उनी लिड रोलमा देखिए । जसले उनको भविष्य नै बदलिदियो भने त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । 

सन् १९८४ मा फिल्म ‘होली’बाट मात्र अभिनेताका रूपमा प्रस्तुत भएका उनले  ‘कयामत  से कयामत तक’बाट उत्कृष्ट नवकलाकारको अर्वाडसमेत जिते।

सन्  १९९६ मा रिलिज भएको फिल्म ‘राजा हिन्दुस्तानी’बाट उनलाई झनै ठूलो सफलता हात पर्‍यो। त्यसबाट पनि उनले उत्कृष्ट अभिनेताका रूपमा फिल्मफेयर अवार्ड जितेका थिए। 

आफ्नो करियरमा ६० को हाराहारीमा फिल्म दिएका अमिर एक उत्कृष्ट अभिनेता मात्रै नभई कुशल निर्माता पनि हुन् । 

सन् २००१ मा अमिर खान प्रोडक्शन नामक फिल्म निर्माण कम्पनी खोलेका उनले यही ब्यानरबाट लगान, तारे जमिन पर, जाने तु या जाने ना, पिपली लावफ , धोबीघाट, डेल्ही बेली, तलास जस्ता उत्कृष्ट फिल्म निर्माण गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?