जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘रंगेली’ को ‘फूल ओइलिएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – फिल्म ‘रंगेली’ को ‘फूल ओइलिएर’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ।

फिल्मका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन्। केही समयअघि फिल्मको २१ मिनेट घटाइएको थियो। नेपाल रिलिजपछि यो फिल्म अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने भएको छ। गत शुक्रबारदेखि फिल्म प्रदर्शन भइरहेको छ ।

अर्जुन सुवेदीले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल, रूपेश झालगायत कलाकारको अभिनय छ। यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जंग थापा हुन्। संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्मका सह निर्माता युवक कार्की र शिव शंकर चौलागाईं हुन्। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?