जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सहसचिव मनमायाले ल्याइन् ‘तिम्रो मायाको सागर’ 

काठमाडौँ – नेपाल सरकारकी सहसचिव मनमाया भट्टराई पङ्गेनीको गीत ‘तिम्रो मायाको सागर’ सार्वजनिक भएको छ । 

भावना म्युजिक सोलुसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा उनकै शब्द र स्वर छ । 

कमल सौरागको संगीतमा तयार भएको गीतमा मनमायालाई स्वरमा समेत कमलकै साथ छ । गीतको मिक्सिङमा राजकुमार बगर छन् भने भिडियो निर्देशन मौसम हिमालीको रहेको छ । 

त्यस्तै अभिनयमा विमल अधिकारी र करुणा कार्की रहेको म्युजिक भिडियो राजेश घिमिरेले खिचेका हुन् । 

गीतसङ्गीतमा रुचि भएर पनि कार्य व्यस्तताकै  कारण यो पाटो ओझेलमा परेको मनमाया बताउँछिन् ।

फलतः पहिलो प्रस्तुतीका रुपमा यो म्युजिक भिडियो सार्वजनिक गरेकी उनी अव यो पाटोतर्फ सक्रिय हुने बाटोमा छिन् । 

उनी ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ सम्मानित कर्मचारी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?