जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमिताभ बच्चन अस्पताल भर्ना भएको खबर झुट्टो

काठमाडौँ – भारतीय कलाकार अमिताभ बच्चन अस्पताल भर्ना भएको खवर झुट्टो भएको खुलेको छ । 

हिजो उनी अस्पताल भर्ना भएको र एन्जियोप्लास्टी गरिएको दाबी भारतीय मिडियाले गरेका थिए । यसैबीच बच्चन स्वस्थ्य रहेको र घरमै रहेको खबर बाहिरिएको हो । 

बीबीसी हिन्दीले आफ्ना सहयोगी पत्रकार मधु पालसँगको कुराकानीमा दशकौँदेखि अमिताभ बच्चनका मेकअप म्यान रहेका दीपक सावन्तले अमिताभ बिरामी भएको समाचारलाई गलत भएको दाबी गरेको उल्लेख गरेको छ।

त्यस्तै शुक्रबार साँझ अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन थानेको दादोजी कोन्डादेव स्टेडियममा ‘माझी मुम्बई’ र ‘टाइगर्स अफ कोलकाता’बीच भएको इन्डियन स्ट्रिट प्रिमियर लिग को फाइनल खेल हेरिरहेका समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

जुन फोटो बच्चनले आफ्नो एक्स  ह्यान्डलमा समेत शेयर गरेका छन् । 

फोटोमा सचिन तेन्दुलकर र  छोरा अभिषेक बच्चनसँग देखिएका उनले तेन्दुलकरको तारिफ गर्दै लेखेका छन्, ‘महान सचिनसँग क्रिकेटको बारेमा रहेको अथाह ज्ञानबाट म अभिभूत छु।आईएसपीएल  फाइनलमा साँझको धेरै बहुमूल्य समय बिताएँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?