जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ पुस्तक मेला

काठमाडौँ – फोटोसर्कल र नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा आज  ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट पुस्तक मेला’ हुँदै छ ।

काठमाडौँको बबरमहलस्थित नेपाल कला–परिषद् परिसर यो एक दिवसीय विभिन्न नेपाली महिला लेखक, विद्वान, कलाकार र प्रकाशकहरूका कृति प्रदर्शन हुनेछन् । 

महिला लेखकहरूलाई आफ्ना पाठकहरूसँग मिलाउने  उद्देश्य राखिएको कार्यक्रममा आज अष्टलक्ष्मी शाक्य,युक्ता बज्राचार्य,बीना प्रधान,नसला चित्रकारको उपस्थिति रहने छ ।

त्यस्तै उज्ज्वाला महर्जन,जयन्ती स्पन्दन,सीमा खान र मोमिला जोशी पनि कार्यक्रममा उपस्थित रहने छन् । पुस्तक मेला सर्वसाधारणका लागि खुला रहने आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?