जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वस्तिमा अभिनीत ‘चिसो मान्छे’ अब ‘भिडिओ पसलमा’

काठमाडौँ– फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लेटफर्म भिडिओ पसलमा रिलिज भएको छ। योसँगै स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो फिल्म विश्वभरबाट हेर्न सकिने भएको हो । 

दीपेन्द्र के खनाल निर्देशित यो फिल्म अघिल्लो वर्षको असारमा रिलिज भएको यो फिल्मले समीक्षात्मक हिसाबले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

फिल्म ‘चिसो मान्छे’ मा शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा स्वस्तिमा सहित अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका अभिनय छ।

विदेशमा बस्ने धेरै दर्शकको उच्च माग रहेकाले यो फिल्मलाई नयाँ वर्षको अवसरमा भिडिओपसलमा रिलिज गरिएको हो। भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोके गुणस्तरमा चलचित्र हेर्न सकिन्छ। 

फिल्म ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ पनि यसअघि नै भिडियोपसलमा  रिलिज भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?