नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल

सिनेमा राम्रो छैन भने दर्शकलाई हात जोडे पनि फिल्म चल्दैन: झरना थापा

काठमाडौँ– नायिका तथा निर्देशक झरना थापाले यदि राम्रो फिल्म बनाउन सकिएन भने दर्शकले नहेर्ने बताएकी छिन् ।

काठमाडौँमा जारी सातौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बोल्दै उनले दर्शकको ध्यान खिच्न फिल्म नै राम्रो नै हुनुपर्ने बताइन् ।

‘यदि फिल्म राम्रो छ भने दर्शकले हेर्न आउनुहुन्छ, यदि नराम्रो छ भने पत्रकारले पैसा खाएर राम्रो छ भनेर लेखे पनि चल्दैन,’

उनले भनिन्, ‘दर्शक अहिले धेरै नै बाठा भइसक्नुभएको छ, उहाँले फिल्म राम्रो नभई दर्शकले साथ दिनुहुन्न ।’

उनले फिल्म निर्माणमा पूरै टिमको उत्तिकै भूमिका रहने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?