अजय देवगनको फिल्म ‘सिंघम ३’ मा श्वेता तिवारीको विशेष भूमिका

काठमाडौं– बलिउड अभिनेता अजय देवगनको आगामी फिल्म ‘सिंघम ३’ मा टिभीबाट करिअर थालेकी अभिनेत्री
यो फिल्मको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् ।

फिल्म आगामी १५ अगस्तमा रिलिज हुँदैछ ।

फिल्ममा अजयका अलावा दिपीका पादुकोण, अक्षय कुमार, र रणवीर सिंहको पनि भूमिका रहनेछ ।

फिल्ममा एक टिभीमा काम गर्ने कलाकारको पनि अभिनय रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा अभिनेत्री स्वेता तिवारीको पनि भूमिका रहने बताइएको छ ।

स्वेता तिवारी सामाजिक सञ्जालमा पनि चर्चामा रहिरहने गर्छिन् ।

फिल्ममा उनको भूमिका विशेष रहेको रिपोर्टमा उल्लेख गरिएको छ । उनी एक खुफिया एजेन्सीको भूमिकामा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?