जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केजीएफ स्टार यशको अपोजिटमा देखिदैँ करिना कपुर

काठमाडौँ – केजीएफ फेम यश स्टारर फिल्म ‘टक्सिक’ बारे नयाँ जानकारी आएको छ ।

आगामी अप्रिलमा रिलिज हुने यो फिल्ममा यशको अपोजिटमा करिना कपूर देखिने छिन् । यस कुराको पुष्टि स्वयम् करिना कपुरले गरेकी छिन् ।

करिना कपुरले हालै जुमसँग अन्तरक्रिया गरेकी छिन् । उनले आफू ठूलो बजेटको साउथ फिल्ममा देखिने बताइन् । यो प्यान इन्डिया फिल्म हुनेछ । 

कुराकानीको क्रममा करिना कपुरले भनिन्– ‘अहिले मैले भनेझैं म साउथको ठूलो फिल्म काम गर्न जाँदैछु । यो प्यान इन्डिया फिल्म हुने भएकाले यसको छायाँकन कहाँ हुनेछ रु भन्ने मलाई थाहा छैन । तर म पहिलो पटक यस्तो प्रोजेक्टमा आबद्ध छु भनी आफ्ना फ्यानहरूलाई बताउन पाउँदा निकै उत्साहित छु ।’

करीना कपुरले फिल्मको नाम भने खुलाएनन् तर उनले यसरी साउथको ठूलो फिल्मको कुरा गर्दा सीधै ‘टक्सिक’ तर्फ औंल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । 

फ्यानहरूले यो भिडियो देख्ने बित्तिकै करिनाले यश स्टारर ‘टक्सिक’ फिल्मको बारेमा कुरा गरिरहेकी हुन् भन्ने अनुमान गर्न थालेका छन्। तपाईलाई बताउन दिनुहोस्, यस विषयमा निर्माताहरूबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा आएको छैन।

यश यसअघि  ‘केजीएफ २’ मा देखिएका थिए । प्रशान्त नीलले निर्देशन गरेको यो फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । यशले डेढ वर्षपछि आफ्नो नयाँ फिल्म ‘टक्सिक’ घोषणा गरेका थिए ।

फिल्म ‘टक्सिक’ गोवाको पृष्ठभूमिमा आधारित हुनेछ । केजीएफ जस्तै यो पनि पीरियड क्राइम ड्रामा हुनेछ। ६० को दशकमा गोवामा रुसी र ड्रग माफियाको घुसपैठ थियो ।

यशको क्यारेक्टरले त्यहाँको रुसी वर्चस्वलाई कसरी चुनौती दिनेछन, फिल्मको कथा यसैको वरिपरि रहेको जनाइएको छ ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैं पनि निर्माता हुन् । 

यो पनि १०० करोडभन्दा माथिको बजेटमा समेटिएको छ । यशलाई फिल्मको कथानक यति धेरै मन परेको छ कि उनले अन्य प्रोजेक्टलाई छेउमा राखेर अहिले आफ्नो सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरेका छन् ।  

ड्रग र रुसी माफियाको साथमा हिप्पी संस्कृति जे थियो, त्यो सबै फिल्ममा देखाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?