जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कति छ आज तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १३०, कालो अङ्गुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला १००, र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, भारतीय ठूलाे गोलभेँडा ६०, अदुवा २००, रातो आलु ३६ र रातो भारतीय आलु ३८ रूपैय कारोबार हुँदा स्थानीय काउली २५, लौका ६०, कागती २५०, लोकल काँक्रो ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २०, हाइब्रीड सेतो मूला ३० र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँमा खरिदबिक्री हुँदै छ ।

त्यस्तै हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ४० रुपैयाँमा खरिदबिक्री हुँदै छ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ५० र पुदिना १८० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४५, चाइनिज सुकेको लसुन २३०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ७०, भिण्डी ११० र हरियो धनियाँ ५० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?