फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकियो

काठमाडौँ – दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकिएको छ। गत फागुन ५ गतेबाट सुरु भएको फिल्मको सुटिङ सकिएको निर्माण टिमले जनाएको छ ।

एक महिनामा फिल्मको सुटिङ सकिएको निर्देशक अनिल बुढामगरले जानकारी दिए। गत फागुन ५ गतेबाट सुरु भएको सुटिङ पूर्वी रुकुमको लुगुम र तक्सेरा लगायतका स्थानमा गरिएको थियो।

फिल्मको सेड्युल ४० दिनको भए पनि मौसल अनुकुल र कलाकारको साथले एक महिनामा सकिएको निर्माण टिमले जनाएको छ।

फिल्ममा दयाहाङसहित मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खडकबहादुर पुन, कविता आले, अनु थापा लगायतको अभिनय छ।

जनक घर्ती निर्माता रहेको फिल्मको कथा निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले लेखेका हुन्। यो फिल्म आगामी असारमा रिलिज हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?