जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

काठमाडौँ – सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए।

जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ। उनलाई के भएको भन्नेबारे भने खुलिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?