जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अब डान्स नम्बर नगर्ने सामन्थाको निर्णय 

काठमाडौँ – सामन्था रुथ प्रभुको ‘ऊ अंटावा’ सन् २०२१ को चर्चित गीत साबित भयो।

एक अन्तर्वार्ताका क्रममा उनले गीतको पहिलो सटको क्रममा आफू डरले काँपेको खुलासा गरेकी हुन् । उनले अब डान्स नम्बर नगर्ने निर्णय पनि गरेकी छिन् ।

सामन्थाले ‘ऊ अंटावा’ गर्ने र ‘द फ्यामिली म्यान’ मा राजीको भूमिका खेल्ने निर्णय एउटै भएको खुलासा गरिन्। उनलाई बाहिरी प्रभाव बिना आफ्नै निर्णय लिने स्वतन्त्रता मनपर्छ। सामन्थाले आफू नयाँ शैलीको प्रदर्शन खोज्न चाहने भएकाले ‘ ऊ अंटावा’ गर्न रोजेको बताइन् ।

तर सुरुमा गीत सुन्दा असहज महसुस गरेकी थिइन् । उनी आफैँमा विश्वस्त हुन सकिनन् ।

सामन्थाले भनिन्, ‘मैले सधैँ राम्रो छुइनँ भन्ने सोचेर काम गरेको छु । म सुन्दर देखिन्नँ। म अरू केटीहरू जस्तो देख्दिनँ। त्यसैले मेरो लागि यो ठुलो चुनौती थियो। वास्तवमा, जब ‘ऊ अंटावा’ को पहिलो शट खिचियो… म डरले काँपिरहेको थिएँ। किनकि सेक्सी देखिनु मेरो लागि सजिलो थिएन। यो गीत प्रस्तुत गर्नुभन्दा मैले पहिले कहिल्यै यस्तो गरेको थिइनँ। म आफूलाई सधैँ असहज, कठिन र असुविधाजनक अवस्थामा पार्छु।’

सामन्था अन्तिम पटक रोमान्टिक ड्रामा फिल्म ‘खुसी’ मा देखिएकी थिइन्, जसमा मुख्य भूमिकामा विजय देवरकोन्डा थिए।

सामन्थाको आगामी फिल्म ‘सिटाडेल’ हो, जसमा उनीसँगै वरुण धवन मुख्य भूमिकामा देखिनेछन् । यसलाई राज र डीकेले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?