जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

महोत्सवमा समीक्षा अधिकारीको व्यस्तता

काठमाडौँ– नेपाली साङ्गीतिक क्षेत्रकी लोकप्रिय गायिका समिक्षा अधिकारी यतिबेला विभिन्न महोत्सवहरुमा व्यस्त छिन् । 

महोत्सवको मौसमसँगै अन्य कलाकार समेत व्यस्त बन्दा समिक्षाले अहिले पश्चिम नेपालका साङ्गीतिक कार्यक्रमहरूमा प्रस्तुति दिई रहेकी हुन् ।

यसै हप्ता कास्की,बाग्लुङ,गुल्मी लगायतका जिल्लाका महोत्सवमा पुगेकी उनी सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय छिन् ।

 सुमधुर स्वरका कारण लोकप्रिय रहेको समिक्षाका दर्जनौँ गीतहरू हिट छन्। मेला महोत्सवमा उनको माग पनि बढ्दो छ। उनी दिनहुँ जसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि साङ्गीतिक प्रस्तुति दिइरहेकी भेटिन्छिन्।

सानो उमेरमै लोभलाग्दो ख्याति कमाएकी यी गायिका केही वर्ष भने निकै तनावमा थिइन्।

अहिले साङ्गीतिक प्रस्तुतिहरूका तस्बिर साथै निजी तस्बिर शेयर गरिरहेकी उनले पोस्टमार्फत आफू अव विगतका विवाद र अपरिपक्वताबाट माथि उठी सकेको सङ्केत समेत गरेकी छन् । 

यसैको उदाहरण कहिले ‘आफ्नै स्वभावले बाच्ने’ क्याप्सन लेख्ने उनी कहिले ‘जिन्दगी हिजो सुन्दर थियो आज झनै सुन्दर छ तर त्यसमा थपिएको छ जिम्मेवारी अनि परिपक्वता भन्दै’ आफूलाई प्रस्तुत गरिरहेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?