जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बा आउनुभएको छैन !

–युगकवि सिद्धिचरण श्रेष्ठ

पानी परिरहेछ
हावा चलिरहेछ
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनुभइरहेछ–
बा आउनुभएको छैन !

युग बद्लिसक्यो
राणा ढलिसक्यो,
भन्दछ जन्जिर टुटिसक्यो,
अझ पनि आजादी आएको छैन,
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनुभइरहेछ–
बा आउनुभएको छैन !

हाम्रो विचारको घुँयत्रोले
हाम्रो कल्पनाको वज्रले
अन्धारको टाउको फुटिसक्यो,
अझ पनि नयाँ बिहान आएको छैन,
नयाँ युग आएको छैन,
नयाँ दिन खुलेको छैन,
आमा कराउनुभइरहेछ–
बा आउनुभएको छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?