जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायक महेश काफ्लेले ल्याए `चाइना जापान´ (भिडियो सहित)

काठमाडौँ– गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ ।

माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ ।

गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?