जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

झन् बोल्ड हुँदै गएकी आँचल


काठमाडौँ– नायिका आँचल शर्मा बेलाबेलामा चर्चामा रहिरहन्छिन् । सामाजिक सञ्जालमा पनि उनको सक्रियता उत्तिकै छ ।

फिल्म ‘एक मुठी बादल’ को छायांकनको तयारीमा रहेकी आँचलले सामाजिक सञ्जाल इन्स्टाग्राममा हालै दुई तस्वीर बोल्ड शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै बोल्ड र फिट देखिएकी छिन् । फ्यानले पनि उनको सुन्दरताको तारिफ गरेका छन् ।

आँचलले अभिनय गरेको फिल्म ‘नाइँ नभन्नु ल ६’ यसै वर्ष रिलिज भएको थियो । उक्त फिल्मले दर्शकको औसत प्रतिक्रिया पाएको थियो ।

उनी फिल्मका कारणभन्दा बढी सामाजिक सञ्जाल र व्यक्तिगत जीवनका कारण बढी चर्चामा रहने गर्छिन् । पछिल्लो समय भने उनी विभिन्न प्रोजेक्टमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?