जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अनिल कपूर र रानी मुखर्जीको ‘नायक’को सिक्वेल बन्ने

काठमाडौँ – बलिउड अभिनेता अनिल कपूर र रानी मुखर्जीको ‘नायक’ को सिक्वेल बन्ने भएको छ । बलिउडमा यतिबेला सिक्वेल फिल्मको लाइन लागेको छ । अहिलेसम्म धेरै फिल्मको सिक्वेल बनिसकेका छन् । केही फिल्म सिक्वेल बन्ने पाइपलाइनमा छन् ।

अब अनिल कपुर र रानी मुखर्जी स्टारर फिल्म नायकको सिक्वेल पनि बन्न लागेको छ, जसको जिम्मेवारी सिद्धार्थ आनन्दले लिएका छन् । सन् २००१ मा रिलिज भएको फिल्म ‘नायकः द रियल हिरो’ टिकट विन्डोमा ब्लकबस्टर फिल्म साबित भएन तर रिलिजपछि दर्शकले टिभीमा धेरै हेरे । अनिल कपुर, रानी मुखर्जी र अमरिश पुरीको अभिनय रहेको यो फिल्मको सिक्वेल पनि बन्ने भएको छ ।

यो फिल्मलाई फाइटर र पठान फिल्मका निर्देशक सिद्धार्थ आनन्दले निर्माण गर्दैछन् । खबर अनुसार सिद्धार्थले यो चलचित्र निर्देशनको जिम्मेवारी निर्देशक मिलन लुथरियालाई सुम्पेका छन् ।

नायकमा अनिल कपूरले समाचार संवाददाताको भूमिका निभाएका थिए जसलाई एक दिनको लागि मुख्यमन्त्री बन्ने मौका मिल्छ। फिल्ममा राजनीति, भ्रष्टाचारदेखि अपराधसम्म धेरै तत्वहरूको सन्तुलन समावेश गरिएको थियो। नायकसँग अझै मनोरञ्जन गर्ने शक्ति छ, त्यसैले नायक पछि यसको सिक्वेलमा काम गर्ने तयारीमा छन् ।

मौलिक फिल्म जस्तै सिक्वेल फिल्मलाई पनि राजनीतिक पृष्ठभूमिमा व्यावसायिक मसाला फिल्म बनाउने योजना छ । चलचित्रको कथा लक भइसकेको र अहिले लेखक रजत अरोराले यसको पटकथा तयार गरिरहेका छन् । सिद्धार्थले फिल्ममा राजनीति र एक्शनसँगै धेरै संवाद पनि राख्न लेखक टिमलाई निर्देशन दिएका छन् ।

नायकको सिक्वेलमा मूल चलचित्रको कलाकारलाई नै निर्माताले दोहोर्याउने वा नयाँ कलाकार ल्याउने भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन तर सिद्धार्थ र मिलनले ठूला स्टारलाई लिएर यो चलचित्र निर्माण गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?