जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘स्पाम’ आक्रमणबाट सावधान रहन गुगलको अनुरोध 

काठमाडौँ– गुगलले आफ्ना केही प्रयोगकर्ताहरूको लागि एक अलर्ट जारी गरेको छ । 

गुगल अकाउन्ट वा गुगल ड्राइभ प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई विभिन्न खालका शङ्कास्पद फाइलहरू आइरहेको गुनासो बढेकाले स्पाम आक्रमणबाट सावधान रहन गुगलले अनुरोध गरेको हो । 

यस्तै गुगलले प्रयोगकर्ताहरूलाई तिनको माध्यमबाट डिभाइस वा ड्राइभमा मालवेयर प्रवेश गर्न सक्ने भन्दै सावधान गराएको छ ।  

मिडिया रिपाेर्टका अनुसार गुगल ड्राइभ प्रयोग गर्ने धेरै प्रयोगकर्ताहरू अहिले  ह्याकिङ तथा फिसिङको सिकार भइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?