जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड पुनरागमनको तयारीमा प्रियंका चोपडा

काठमाडौँ – ग्लोबल आईकन ‘देशी गर्ल’ प्रियंका चोपडा यति बेला मुम्बईमा छिन् ।

घुमघाम र भेटघाटमा व्यस्त उनी नयाँ प्रोजेक्टका लागि भारत आएको भारतीय मिडियाहरूले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार उनी निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा देखिन सक्ने सम्भावना छ ।

उनको अहिलेको यात्रा नै बलिउड प्रोजेक्टका लागि भएको दाबी गरेका मिडियाहरूले यो पल्ट उनी आफ्नो प्रोडक्सन हाउको काम र दुई तीन ओटा बलिउड प्रोजेक्ट निश्चित गर्नमा व्यस्त रहेको बताएका छन् ।

यही कारण स्क्रिप्ट अध्ययन र भेटघाटमा व्यस्त उनले सञ्जय लीला भन्सालीसंग पनि भेटेका छिन् । जुन भेट आगामी फिल्मलाई लिएर भएको बताइएको छ । 

कामको कुरा गर्दा उनी यसअघि ‘सिटाडेल’ बेबसिरिजमा देखिएकी थिइन । त्यस्तै उनी एनिमेटेड फिल्म ‘टाईगर’मा डिज्नीसंग काम गर्दै छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?