जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १३०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको १५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १५५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?