जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अब वित्तीय संस्थाका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने

काठमाडौँ – वित्तीय संस्थाका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले साइकोमेट्रिक स्कोरिंग सोलुसन कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेसँगै ऋणीहरूको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गरिने भएको हो ।

राष्ट्र बैंकसँगको समझदारीमा तयार भएको प्रणालीलाई साइकोमेट्रिक स्कोरिङ सलुसन भनिएको छ। यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुनेछ।

यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?