जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

नवलपरासी – राष्ट्रिय समाचार समिति ‘रासस’ का कार्यकारी अध्यक्ष एवं वरिष्ठ साहित्यकार धर्मेन्द्र झाद्वारा लिखित कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक भएको छ ।

नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ स्थित गैँडाकोटमा आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पत्रकार महासङ्घका केन्द्रीय सचिव सृजना अर्याललगायतले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरे ।

मिथिला नाट्यकला परिषद्द्वारा प्रकाशित कविता सङ्ग्रहभित्र विभिन्न शीर्षकका ५१ रचना समावेश गरिएका छन् । कार्यकारी अध्यक्ष झाले विसं २०४७ देखि २०६७ सम्मको अवधिमा लेखिएका रचना कविता सङ्ग्रहमा समावेश गरिएको जानकारी दिए । उनले भने, “आम मानिसको समस्यालगायत विविध विषयवस्तुलाई रचनामा उठान गरिएका छन् ।”

पुस्तक प्रकाशन भएको करिब छ महिनापछि वरिष्ठ पत्रकार र मानवअधिकारकर्मीको बीचमा पुस्तक सार्वजनिक हुनु महत्त्वपूर्ण भएको उनको भनाइ थियो । “दुई दशक समयको रचना एउटै शीर्षकमा लेखिएको यो पुस्तक मैथिली साहित्यमा मात्रै नभएर सम्भवतः नेपाली साहित्यमा नै पहिलो हुनसक्छ”, उनले भने, “देशको केन्द्रमा पर्ने नवलपुरले नेपालको सबै भागलाई जोड्ने भएका कारण यस ठाउँलाई पुस्तक लोकार्पणका लागि छनोट गरेको हो ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य डा योगेन्द्रप्रसाद यादव, वरिष्ठ कवि तथा सञ्चारकर्मी डा नवराज लम्साल र मैथिली कवियत्री विभा झाले कविता सङ्ग्रहमा भूमिका लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?