जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काँग्रेसबाट चुनाव लड्ने तयारीमा बलिउड अभिनेत्री स्वरा भास्कर

काठमाडौँ – बलिउड अभिनेत्री स्वरा भास्कर काँग्रेसबाट लोकसभा चुनाव लड्ने तयारीमा लागेकी छिन् । 

समाचार अनुसार काँग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ ।

राजनीतिक पृष्ठभूमिकै भएका कारण स्वरा राजनीतिमा आउने चर्चाकाबीच यो खबर बाहिरिएको हो ।

जसबारे काँग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन् ।

काँग्रेसले स्वरालाई मुम्बईको उत्तर–मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ । यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?