जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केश लगातार झर्‍यो ? तत्काल स्याम्पु परिवर्तन गर्नुस्

काठमाडौं – स्वाभाविक जैविक चक्रअनुसार नै प्रत्येक दिन हाम्रो केश झर्ने गर्छ। तर अहिले अत्यधिक रूपमा महिला होस या पुरुष दुबैमा कपाल झर्ने समस्या निकै देखिने गरेको छ।

केश लगातार झर्नुको एउटा कारण स्याम्पु पनि हुन सक्छ । कतिपय मानिसको केशले केही केमिकलयुक्त स्याम्पु सहन सक्दैन । त्यसकारण कुनै स्याम्पुले नुहाउँदा केश झरिरहेको छ भने तत्काल स्याम्पु परिवर्तन गर्नु बुद्धिमानी हुन्छ ।

हामी केश धेरै पटक धुन्छौँ, तर आवश्यकताभन्दा बढी नुहाउँदा केशमा हुने प्राकृतिक तेललाई हानि पुग्छ, जसले गर्दा केश फुस्रो हुन्छ । फुस्रो केश चाँडै टुट्छ वा झर्छ ।

केश धुँदा टाउकोमा पर्न सक्ने असरका बारेमा पनि सचेत हुनुपर्छ । केश धोइसकेपछि राम्रो तेलले टाउको मालिस गर्नुपर्छ ।केश धोएपछि कन्डिसनर लगाउन बिर्सनु हुँदैन । कन्डिसनरले केशको चमक बढाउनुका साथै त्यसलाई फुस्रो पनि हुन दिँदैन ।

कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?