जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ड्रिम्सलाई उत्कृष्ट चलचित्रको अवार्ड

काठमाडौँ– नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणमा गरिएको लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्रध्ये ‘ड्रिम्स’लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ ।

शनिबार गरिएको फिल्म फेस्टिभलको समापन समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो । त्यस्तै स्वयम् मास्के मानन्धरले निर्देशन गरेको लघु चलचित्रद ‘बु, द बाऊ, द काफ’लाई स्पेशल मेन्सन गरियो । समापन समारोहमा डेलिगेशनकी उपराजदूत डा.जोएल इभोनेट्ले चलचत्रकर्मीहरुलाई प्रदान गरेका थिए ।

विजेता चलचत्रिकर्मीहरुलाई यसै वषै ब्रसेल्स्मा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागी समेत गराइने छ फेस्टिभलमा गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टकपिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ जस्ता अफिसियली छनौट गरिएका तथा प्रर्दशन गरिएका लघु नेपाली चलचित्रलाई पनि सर्टिफिकेट प्रदान गरिएको थियो ।

खुला विज्ञापनमार्फत आव्हान गरिएको प्रतियोगितामा ५२ वटा लघु चलचित्र पेश गरिएका थिए । फिल्म फेस्टिभलको काठमाडाैँ यही चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो । फेस्टिभलमा ९ युरोपेली चलचित्र तथा प्रतिस्पर्धामार्फत् छानिएका ११ लघु चलचित्र प्रदर्शित गरिएका थिए ।

महोत्सव २०८० चैत्र २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । यसैगरी महोत्सव लुम्बिनीप्रदेशको नेपालगञ्जमा २०८१ वैैशाख ३ गते (अप्रिल १५) मा हुनेछ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा २०८१ वैशाख ७ र ८ गते )१९ र २० अप्रिल) मा आयोजना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?