जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दिलिपकुमारले अस्वीकार गरेको यो फिल्म, जसले जितेको थियो ७ ओस्कार अवार्ड

काठमाडौँ – बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानुन अपना अपना, मशाल र दुनियाँ जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन्। 

के तपाईँलाई थाहा छ दिलिपकुमारले ले ७ ओस्कार अवार्ड पाएको फिल्म अस्वीकार गरेका थिए । सन् १९६२ मा प्रख्यात निर्देशक डेभिड लीनले आफ्नो फिल्म ‘लरेन्स अफ अरेबिया’ मा प्रिन्स शेरिफ अलीको चरित्रका लागि भारतीय अनुहार खोजिरहेका थिए।

डेभिड लीनले यस भूमिकाका लागि दिलीपकुमारलाई सम्पर्क गरे तर उनले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । दिलीप कुमारले यसको कारण भनेका थिए कि उनले हिन्दी सिनेमामा जति भूमिका पाइरहेका छन्, त्यही मापनमा भूमिकाको मूल्याङ्कन गरेका छन् ।

दिलीपकुमारले आफूलाई प्रमाणित गर्न वा सन्तुष्ट हुन हलिउडको आवश्यकता नरहेको महसुस गरे। उनले आफ्नो करियरमा कुनै पनि विदेशी फिल्ममा काम गरेनन् ।

तर, दिलिपकुमारले काम गर्न अस्वीकार गरेको फिल्म ३५ औँ ओस्कर अवार्डमा १० विधामा मनोनीत भएको थियो । जसमध्ये फिल्मले ७ ओस्कार अवार्ड पाएको थियो । 

बलिउडमा दिलीप कुमारलाई ट्र्याजेडी किङ पनि भनिन्छ । यसको कारण हो उनका केही चलचित्र । उनले आफ्नो करियरमा केही यस्ता फिल्म गरे, जसका कारण उनको नाम ‘ट्र्याजेडी किङ’को रुपमा चिनिन थाल्यो ।

उनले धेरै फिल्ममा यस्ता भूमिका गरेका थिए, जसका कारण उनले यो नाम पाएका हुन् ।

उनको फिल्मका केही पात्र यस्ता थिए, जसका कारण उनी तनावमा परे र उनको उपचार पनि गराएका थिए । उनी अन्तिम पटक सन् १९९८ मा आएको फिल्म  ‘किला’ मा देखिएका थिए ।

दिलीप कुमारलाई सन् १९९४ मा दादा साहेब फाल्के अवार्ड र २०१५ मा पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?