जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमिताभले छोरीलाई घर दिएपछि अभिषेक-ऐश्वर्या डिभोर्सको चर्चा

बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायबीच डिभोर्सको अपुष्ट समाचार अहिले चर्चामा छ। यसबारे यी दुवै जोडीले मुख खोलेका छैनन्। तर, सार्वजनिक कार्यक्रममा पनि बोलचाल नगर्दा डिभोर्सको कुरा फैलाउनेलाई थप मसला मिलेको छ।

पछिल्लो समय विभिन्न कार्यक्रममा यी जोडी छुट्टा-छुट्टै देखिन्छन्। सँगै भएकोमा पनि उनीहरुको बोलचाल नहुँदा डिभोर्सको ‘र्‍युमर’ सत्य उन्मुख देखिन्छ। भारतीय मिडियाको दाबी अनुसार ऐश्वर्याले अभिषेकको घर छाडेर माइतमा बस्न लागेकी छन्। यद्यपि उनी आफ्नी छोरी आरध्यासँगै देखिन्छन्।

हालै आरध्याको विद्यालयको एक कार्यक्रममा बच्चन परिवार एकसाथ देखिएको थियो। उक्त कार्यक्रममा पनि अभिषेक र ऐश्वर्या फरक कारमा पुगेका थिए। कार्यक्रमा उनीहरुको बोलचाल भएन, उनीहरुको मुद्रा पनि सम्बन्ध समधुर भएजस्तो देखिँदैन थियो। ऐश्वर्याले ससुरा अमिताभ बच्चन र सासू जयासँग पनि दोहोरो कुराकानी गरिनन्। छोरीसँग मात्रै बोलिन्।

१६ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडीकी एकमात्र छोरी छिन्। उनी १२ वर्षकी भइन्।

कसरी फैलियो डिभोर्सको ‘र्‍युमर’ ?
ऐश्वर्या र ससुरा अमिताभले एक–अर्कालाई इन्स्टाग्राममा अनफलो गरेको दाबीसहित भारतीय मिडियाले समाचार प्रकाशन गरेपछि बच्चन परिवारको सम्बन्धमा चिसो पसेको धेरैले अनुमान गरेका थिए। त्यहीँबाट अभिषेक-ऐश्वर्याको डिभोर्सको हल्ला फैलिएको हो।

त्यही समयदेखि ऐश्वर्या छोरीसँग मात्र सार्वजनिक स्थानमा देखिएकी छिन्। अझ अभिषेक विवाहको औंठी नलगाई सार्वजनिक ठाउँमा देखिएको भारतीय मिडियामा चर्चा सुरु भयो। सधैँ औंठी लगाएर हिँड्ने अभिषेकले त्यसबेला किन लगाएनन् ? यसबारेमा उनले स्पष्ट पारेका छैनन्। ‘स्याल कराउने र कुखुरा हराउने एकै समय’ भएको पनि हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?