जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रेमिकाले फालेकी थिइन अनुपम खेरको मुहारमा चाउचाउ

काठमाडौँ –  बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । 

कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो ।

तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखा पर्दै दर्शकलाई दिग्गज कलाकार भनेको के हो रु भनेर देखाइसकेका छन् । यी दिग्गज अभिनेताले एक पटक आफ्नो व्यक्तिगत जीवनमा एक समय यस्तो असफलता देखे, जब उनले भिक्षु बन्ने सोच्न थाले।

आफ्नो पोडकास्ट शो अनुपम केयरमा अनुपम खेरले आफ्नो एक प्रेमिकाको कारणले गर्दा सानै उमेरमा उनलाई यस्तो भावनात्मक झटका लागेको बताए कि उनले भिक्षु बन्ने सोच्न थालेका थिए । मनको शान्तिका लागि आश्रम जानुपरेको थियो । यो कथा अनुपम खेर आफैले सुनाएका थिए ।

अनुपमले आफू एउटी युवतीलाई डेट गरिरहेको बताए, उनको नाम राधा थियो । एक पटक डेटिङको क्रममा राधाको छेउमा तीन जना केटीहरू बसिरहेका थिए, जो उनलाई हेरेर हाँसेका थिए ।

त्यसमा राधालाई अनुपमको उनीहरू मध्ये एकसँग अफेयर रहेको महसुस भयो । यस्तो अवस्थामा राधा क्रोधित भइन् र ती केटीहरूको टेबुल नजिक पुगिन् र त्यहाँ उभिएर अनुपमलाई भनिन् कि ‘तिम्रो प्रेमिका को हो रु भन।’

यसपछि राधा क्रोधित भइन् र उनको टाउकोमा रहेको चाउचाउको थाली पल्टाइदिइन् । अनुपमले सो घटना सम्झँदा पनि निकै अनौठो लाग्ने गरेकोसमेत बताएका थिए, उनले भने, ‘उनले फालेको चाउचाउ मेरो टाउकोमा झुण्डिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?