जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेत्री तपसी पन्नुले गरिन प्रेमीसँग विवाह

काठमाडौँ – बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छिन ।

एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन ।

सो विवाह उत्सब उदयपुरमा भएको थियो र जसमा निकै घनिष्ठहरूको उपस्थिति रहेको थियो । पूर्व विवाह उत्सव भने मार्च २० वाट शुरू भएको जनाइएको छ ।

विवाहको खबरकाबीच तापसी र मथियासको विवाह स्थलमा निर्माता–लेखिका कनिका ढिल्लन र अभिनेत्री पावेल गुलाटीको तस्बिर सार्वजनिक भएको छ । 

रेडिटमा केही व्यक्तिहरूले तापसीकी बहिनी शगुन पन्नुको उदयपुरमा भएको विवाहको तस्वीर पनि सेयर गरेका छन्। तस्वीरमा तापसीसँग उन कोस्टार पावेल पनि थिए।

समाचार अनुसार धेरै बलिउड सेलिब्रेटीहरू तापसीको विशेष दिनको हिस्सा थिएनन्। एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘तापसीको ‘दोबारा थप्पड’ का सह–कलाकारहरू पावेल गुलाटी उनको र मथियासको विवाहमा पाहुनाहरूसँग सामेल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?