जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रामायणको सुटिङका लागि धनुर्बिधा तालिम लिन थाले रणवीर कपुर

काठमाडौँ – गत वर्ष रणवीर कपूरको फिल्म ‘एनिमल’ ब्लकबस्टर भएको थियो । अहिले उनै अभिनेताले आफ्नो अर्को फिल्म ‘रामायण’ को बारेमा धेरै चर्चा बटुलिरहेका छन् ।

यस फिल्मको बारेमा अहिलेसम्म केही घोषणा नभए पनि अभिनेताले ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गर्ने लगभग पक्का देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जसका कारण उनले यो क्यारेक्टरमा आफुलाइ ढाल्नका लागि कडा तालिम पनि लिइरहेका छन् । सोही क्रममा सामाजिक सञ्जालमा केही तस्विर भाइरल भइरहेका छन्, जसमा रणवीर कपुरले आफ्नो आगामी फिल्मका लागि धनुर्विद्याको तालिम लिन थालेको देखिन्छ ।

एक्स ह्यान्डलमा रहेको एक फ्यान पेज खुशाली आरकेले एक तस्विर सेयर गरेका छन्, जहा रणवीर कपूर आर्चरी कोचसँग पोज दिइरहेका छन् । तस्बिरहरू उनको घरको हो भन्ने देखिन्छ किनभने एनिमल अभिनेता यस समयमा क्याजुअल लुकमा देखिएका छन्। यी तस्विरहरू हेरेपछि अभिनेताको फिल्मलाई लिएर फ्यानमा उत्साह थपिएको छ ।

शनिवार रणवीर कपुरका फिटनेस कोचले पनि इन्स्टाग्राममा एउटा तस्विर पोस्ट गरेका थिए, जसमा अभिनेता जिममा कडा मेहनत गरिरहेको देखिएका थिए । तस्बिरमा रणवीरले वर्कआउट गियर लगाएका थिए र शिर्षासन गरिरहेको देखिन्छ।

तस्बिर पोस्ट गर्दा ट्रेनरले क्याप्शनमा लेखेका थिए, ‘रणवीर कपूर फर्स्ट हेड स्ट्यान्ड, हेड स्ट्यान्ड, रामायण, न्यूजस्किल, ट्रेनिंगविथनेमू ह्यासट्यागहरूले यो कसरत रणवीरको आगामी फिल्म ‘रामायण’ को तयारीको एक हिस्सा हो भनेर संकेत दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?