जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८० साल चैत १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १४ गते बुधबार तदनुसार सन् २०२४ मार्च २७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ।

नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। घुमफिरको अवसर प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ।

वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ।

मिथुन : शेयरमा फाइदा हुनेछ। नसोचेका व्यक्तिले सहयोग गर्ने योग छ। शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

कर्कट : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। व्यापार व्यवसायमा सरकारको आँखा लाग्नसक्छ।

सिंह : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। व्यावसायमा आदर्श व्यक्तिसँग संगत हुनसक्छ।

कन्या : दैनिकी राम्रो छ। घरजग्गाको कारोबार राम्रो बन्नेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धन कमाउने बाटो खुल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छैन। जेसुकै गरे पनि काम नबन्ने जोखिम हुन्छ। धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनु : शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ। साथीसँगको यात्रा रमाइलो होला। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

मकर : नयाँ ज्ञानको अवसर मिल्नेछ। साथीको सहयोग रहनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवामा मन जानेछ।

कुम्भ : प्रेम सम्बन्ध कसिलो बन्नेछ। लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ। व्यापारमा आम्दानी हुनेछ। अधिकारका लागि गरेको संघर्ष सफल हुनेछ।

मीन : साथीले असहयोग गर्ने दिन छ। सहयोगी भन्दा विरोधी धेरै छन्। यात्रामा सचेत हुनु राम्रो हुन्छ। सामान हराउने खतरा भएकाले विशेष ख्याल गर्नुपर्ने हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?