जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुपरहिरो थ्रिलर फिल्म ‘क्रिस ४’ को तयारी शुरु

काठमाडौँ –  ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी शुरु भएको छ । 

 यस फ्रेन्चाइजीका पछिल्ला तीन फिल्म, ‘कोई मिल गया’, ‘क्रिस’ र क्रिस ३’ सुपरहिट थिए, जसलाई फिल्म निर्माता राकेश रोशनले निर्देशन र निर्माण गरेका थिए। 

रिपोर्टका अनुसार राकेश रोशनले यो फ्रेन्चाइजको चौथो फिल्मको तयारी शुरु गरिसकेका छन्, जुन अन्तिम चरणमा छ।

 हालैको मिड–डे रिपोर्टका अनुसार ऋतिक रोशनले आफ्ना बुबा राकेश रोशनसँग मिलेर यस गर्मीमा कन्सेप्ट, स्क्रिप्ट र अन्य सेगमेन्टमा काम गर्न थाल्ने भएका छन्। 

अहिले ऋतिक आफ्नो आगामी फिल्म वार–२ को सुटिङमा व्यस्त छन् । चलचित्रको छायाङ्कन सकिए लगत्तै उनी क्रिस – ४ को तयारीमा लाग्ने छन् ।

 भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक र राकेश रोशनले यसै वर्ष आइडिया र स्क्रिप्टिङ गर्ने तयारी गरिरहेको बताएको छ । त्यसपछि दुवैले अर्को वर्ष यसको सुटिङ सुरु गर्नेछन् । 

फ्रेन्चाइजको चौथो फिल्मका लागि अहिले विभिन्न स्क्रिप्ट र आइडिया तयार भइसकेको छ । अब तिनीहरूले सही कथा र विचार छनोट गर्नुपर्छ।

 क्रिस फ्रेन्चाइजी २००३ को फिल्म कोई मिल गया बाट शुरु भएको थियो, जसमा प्रीति जिन्टा, ऋतिक रोशन, रेखाले महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

तीन वर्ष पछि फिल्मको स्पिन अफ सिक्वेन्स कृष रिलिज भयो। जसमा कृषको परिचय भयो । यस फिल्ममा ऋतिकले रोहित र कृष्ण (क्रिस ) को दोहोरो भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?